User:सिद्धिमान बज्राचार्य

From Wikiquote
Jump to navigation Jump to search
     यस "सिद्धि दर्शन (सूत्रहरु)" ललितपुर जिल्ला ,ललितपुर उपमहानगर पालिका वडा न. ७ ,भिन्छेबहाल (हाल ललितपुर ,नख्खु ), बस्नु हुने सिद्धिमान बज्राचार्यले लेख्नु भएको हो | यस "सिद्धि दर्शन (सूत्रहरु)" मा लेखिएका सम्पूर्ण सूत्रहरु सिद्धिमान बज्राचार्यले प्रतिपादन गर्नु भएको हो | धन्यबाद  
      


                                                                  सिद्धि दर्शन
                                                                   (सूत्रहरु)
 "मरण अगाडि जनम हुने प्राकृतिक विधिका कारण जीवको अस्तित्व सदा कायम हुने हो"  ~ सिद्धि दर्शन(सूत्र १)
"आंशिक आयामिक दृष्टिकोणबाट परिवर्तनशील र नाशवान देखिने यो संसार पूर्ण आयामिक दर्शनबाट स्थिर र अविनाशी देखिन्छ"  ~ सिद्धि दर्शन(सूत्र २)
"पंच ईन्द्रियव्दारा तत्क्षण उद्गम भई प्रस्फुट हुने पंचतत्वको स्कन्धलाई अनुभव गर्ने नभई पंचतत्वको भूत स्कन्धलाई ग्रहण गर्ने हो"  ~ सिद्धि दर्शन(सूत्र ३)
"प्राकृतिक तन्त्र शास्वत (सदा रहिरहने) हुन्छ भन्ने आंशिक आयामिक दृष्टिकोणबाट त्यहि तान्त्रिक प्रतिफल अस्थायी,परिवर्तनशील र नाशवान हुन्छ"  ~ सिद्धि दर्शन(सूत्र ४)
 "स्वंयमा उत्पन्न हुने अंह भाव मायापम भएका कारण अंहकारलाई कुनै पनि मूल्य,मान्यता र महत्व दिनु हुदैन"  ~ सिद्धि दर्शन(सूत्र ५)
"संज्ञाको सम्प्रेषणका कारण स्वंयको अनुभूति भई अहं भावको निर्माण हुने हो"  ~ सिद्धि दर्शन(सूत्र ६)
"आधिपत्य तथा प्रभुत्व जमाउने भावका कारण अहं क्रियाशील हुने हो"  ~ सिद्धि दर्शन(सूत्र ७)
"शाब्दिक मौनताको अन्त्य मात्रै नभई भावात्मक मौनताको अन्त्य हुनु नै मोक्ष हो"  ~ सिद्धि दर्शन(सूत्र ८)
"स्वंय अनुभूति हुने भावको समाप्त हुनु नै मोक्ष हो"   ~ सिद्धि दर्शन(सूत्र ९)
"पुन:जन्म हुने धारणा ग्रहण गरी मृत्यु हुने मनुष्यको मोक्ष कदापि हुदैन"  ~ सिद्धि दर्शन(सूत्र १०)
"आलम्बनमा आसक्त्ति हुनेका कारण सम्मोहन उत्पन्न हुने हो"   ~ सिद्धि दर्शन(सूत्र ११)
"धर्म धारणा गरी स्वंयको अनुभूति गरुन्जेल मोक्ष मिल्दैन"  ~ सिद्धि दर्शन(सूत्र १२)
"मोक्ष न ताली हो न खाली हो"  ~ सिद्धि दर्शन(सूत्र १३)
"धारणा गर्ने धर्म अनुसारको आत्मा को उत्पत्ति हुने विधि शास्वत छ भने धर्म परिवर्तनशील भएका कारण आत्माको स्वभाव पनि परिवर्तनशील नै छ"  ~ सिद्धि दर्शन(सूत्र १४)
"समय भनेको आयुको मापदण्ड हो "  ~ सिद्धि दर्शन(सूत्र १५)
"ग्रहण गरेको ज्ञान अनुसारको धर्म निर्माण भई चित्त उत्पन्न हुनेका कारण आत्माको जन्म हुने हो"   ~ सिद्धि दर्शन(सूत्र १६)
"चित्त उत्पन्न हुने कारण अन्त्य भई आलम्बन हुने प्रक्रिया भंग भएर स्वंयको अनुभूति हुने समाप्त हुनु नै मोक्ष हो"  ~ सिद्धि दर्शन(सूत्र १७)
"पुन:जन्म नहुने गरी चित्त चित्तामा जलाउनु नै मोक्ष हो"  ~ सिद्धि दर्शन(सूत्र १८)
"आलम्बन छुटाउनु ,सम्मोहन टुटाउनु ,भावना हटाउनु मोक्ष जुटाउनु हो"  ~ सिद्धि दर्शन(सूत्र १९)
"मोक्ष दिने कुनैपनि ज्ञान छैन"  ~ सिद्धि दर्शन(सूत्र २०)
"ज्ञान हुन्जेल मोक्ष हुदैन"  ~ सिद्धि दर्शन(सूत्र २१)
"शून्यताको समाप्त हुनु नै मोक्ष हो"  ~ सिद्धि दर्शन(सूत्र २२)
"मृत्युको भयले नै मृत्यको भयमुक्त्त हुने चित्त निर्माण हुने हो" ~ सिद्धि दर्शन(सूत्र २३)
"मृत्यु पश्चात् पनि बांच्ने ईच्छा रहनेका कारण पुन:जन्म हुने भाव भएको चित्त निर्माण हुने हो"  ~ सिद्धि दर्शन(सूत्र २४)
"मोक्षको दर्शन नै हुदैन"  ~ सिद्धि दर्शन(सूत्र २५)
"जन्म र मृत्युको हुने भावको समाप्त हुनु नै मोक्ष हो"  ~ सिद्धि दर्शन(सूत्र २६)
"स्वयं र अहंको सम्प्रेषणका कारण जीवन र मोक्ष बुझ्न कठिन र बाधा भएको हो"  ~ सिद्धि दर्शन(सूत्र २७)
"स्वयंमा स्वामित्व भावका कारण अहं उत्पन्न हुने हो"  ~ सिद्धि दर्शन(सूत्र २८)
"स्वयंमा उत्पन्न हुने सम्पूर्ण स्वामित्व भाव मायापम हुन्"  ~ सिद्धि दर्शन(सूत्र २९)
"स्वयंमा उत्पन्न हुने स्वामित्व भाव मायापम भएतापनि अहंका कारण सत्य तथा यथार्थ देखिएको हो"  ~ सिद्धि दर्शन(सूत्र ३०)
"शान्त र आनन्द लगायत कुनैपनि भावको समाप्त हुनु नै मोक्ष हो"  ~ सिद्धि दर्शन(सूत्र ३१)
"जीवमा स्वयं भावको सम्प्रेषणका कारण जन्म र मृत्यु भईरहने जस्तो देखिन्ने हो"  ~ सिद्धि दर्शन(सूत्र ३२)
"जीवमा स्वयं भावको सम्प्रेषणका कारण अहं उत्पन्न हुनाले मृत्युको भय हुने हो"  ~ सिद्धि दर्शन(सूत्र ३३)
"जीवमा सम्प्रेषण गरेको स्वयंको जन्म र मृत्यु भईरहने हो"  ~ सिद्धि दर्शन(सूत्र ३४)
"जीवमा सम्प्रेषण गरेको स्वयंको अन्त्य गरी समाप्त गर्नु नै मोक्ष हो"  ~ सिद्धि दर्शन(सूत्र ३५)